काठमाडौं– पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरामाथि सुन तस्करी प्रकरणमा मुद्दा चलाइने भएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो ।
बिहीबार सरकारलाई बुझाएको प्रतिवेदनमा आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो । यसअघि महरालाई आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।
प्रतिक्रिया