नबिल बैंकले ५ अर्बको अग्राधिकार शेयर निष्काशन गर्ने

नबिल बैंकले ५ अर्बको अग्राधिकार शेयर निष्काशन गर्ने


काठमाडौं–नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर निष्काशन गर्ने भएको छ । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

संचालक समितिको बैठकले ८ वर्षे अवधिका लागि पर्पेचुअल प्रकृत्तिको अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेकाे छ । नियामक निकायले स्वीकृत दिएपछि उक्त शेयर जारी हुनेछ ।

बैंकले प्रतिइकाइ १०० रुपैयाँ दरका ५ करोड इकाइ अर्थात् ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर निष्काशन गर्न लागेकाे हो । उक्त इकाइ खरिद गर्नेहरुले प्रतिवर्ष ८ प्रतिशतका दरले लाभांश पाउने छन् र उक्त इकाइहरु ८ वर्षपछि स्वत शेयरमा परिणत हुनेछ ।