धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन

धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन


काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयले योग्यता पुगेका, इच्छुक नागरिकबाट (बुधबार) सम्म आवेदन माग गरेको थियो ।

बोर्डको अध्यक्षको प्रतिस्पर्धामा बीमा समितिका पूर्वअध्यक्ष चिरन्जीवी चापागाईंदेखि राष्ट्रबैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्टसम्म छन् । त्यस्तै बोर्डकै कार्यकारी निर्देशकहरु कृष्णराज पोखरेल, डा.नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठले पनि अध्यक्षका लागि आवेदन दिएका छन् ।

यसैगरी सन्तोषनारायण श्रेष्ठ, निरज गिरी, डा. केशवप्रसाद श्रेष्ठ, कृष्णबहादुर अधिकारी, डा.रघुराज काफ्ले, प्रविन पन्दाक, सूर्य प्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, डा.बिमलकुमार तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल र कृष्णबहादुर कार्की छन् ।

बोर्डको अध्यक्ष पदका लागि अर्थ मन्त्रालयले फागुन १६ गते सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरेको थियो ।