सेन्ट्रल फाइनान्सलेको वार्षिक साधारण सभा चैत २३ मा

सेन्ट्रल फाइनान्सलेको वार्षिक साधारण सभा चैत २३ मा


काठमाडौं– सेन्ट्रल फाइनान्सले आफ्नो २७औं वार्षिक साधारण सभा चैत २३ मा गर्ने भएको छ । फागुन ३० गते बसेको संचालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालयमा विहान १० बजेदेखि सभा सुरु हुने जनाएको छ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० साल असार मसान्तको वासलात र २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान, हिसाव तथा सोही अवधिको नगद प्रवाहको विवरण पेस गरी पारित गर्नेछन् ।

यस्तै दसभामा लेखा समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, संस्थाको नियमावलीको नियम १९ (४) संशोधन गर्न पनि हुनेछ ।

संस्थाको नियमावलीको प्रस्तावित संशोधनमा नियमन निकायबाट कुनै निर्देशन वा सुझाव दिएमा सोहीबमोजिम आवश्यक समायोजन गर्न संस्थाको सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ । सभा प्रयोजनका लागि कम्पनीले बुक क्लोज भने चैत ९ गते गर्ने भएको छ ।