काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजार सुधारका लागि सेयर लगानीकर्ताका साथै अन्य सरोकारवालाहरुसँग सुझाव मागेको छ। बुधबार सार्वजनिक सूचना जारी गर्दै बोर्डले सरोकारवालाहरुसँग दुई दिनभित्र कार्यान्वयन योग्य सुझाव उपलब्ध गराउन आग्रह गरेको हो।
अर्थमन्त्री वर्षमान पुन भएसँगै उनकै निर्देशनमा अर्थ मन्त्रालयले फागुन २५ गते आइतबार धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्र पठाउँदै एक साताभित्र पुँजी बजारको सुधार कार्ययोजना पेश गर्न निर्देशन दिएको थियो ।
मन्त्रालयमा सुझाव पठाउनु अघि सरोकारवालाको चासो, सुझावहरु समेत समेटेर पठाउनका लागि बोर्डले यस्तो सुचना प्रकाशन गरेको हो ।
प्रतिक्रिया