काठमाडौं– केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जना माथि अनुसन्धान गर्न थप ५ दिनकाे म्याद पाएकाे छ । जिल्ला अदालत काठमाडौंले सीआइबीलाई न्याैपानेसहित अन्य ११ जना बैंकरमाथि थप ५ दिन हिरासतमा राखी अनुसन्धान गर्ने अनुमति दिएकाे हाे ।
सीआइबीले ११ जनालाई फागुन १५ गते तत्कालिन सेञ्चुरी कमर्सीयल बैंकमा छँदा कर्जा हिनामिना गरेकाे आरोपमा पक्राउ गरेको हाे । पक्राउ पर्नेमा तत्कालीन सेञ्चुरी बैंकका सीईओ तुल्सीराम गौतम, सेञ्चुरीका कर्मचारीहरु सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ, सन्ध्या श्रेष्ठ, सविन श्रेष्ठ, दिलीप बराल, सुशील बस्नेत, राजेश भण्डारी, रमण श्रेष्ठ र दिपेश प्रधान रहेका छन् ।
बैंकिङ्ग कसुरका आरोपीलाई अनुसन्धानका लागि ६० दिनसम्म हिरासतमा राख्न पाइने कानुनी प्रावधान छ ।
प्रतिक्रिया