प्राङ्गारिक मलको कारखाना खोलौँः राष्ट्रिय सभा सदस्य न्यौपाने

प्राङ्गारिक मलको कारखाना खोलौँः राष्ट्रिय सभा सदस्य न्यौपाने


काठमाडौं– राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले प्राङ्गारिक मलको कारखाना खोल्नुपर्ने बताएकी छन् । आइतबार राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै राष्ट्रिय सभा सदस्य न्यौपानेले सरकारले प्राङ्गारिक मलको कारखाना खोल्नुपर्ने बताएकी हुन् ।

उनले सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मलको कारखाना खोल्नुभन्दा पनि प्राङ्गारिक मलको कारखाना खोल्नुपर्नेमा जोड दिइन् । सदस्य न्यौपानले माटोको गुणस्तर नबिर्गान र मानव स्वास्थ्यलाई समेत नबिर्गानका लागि प्राङ्गारिक मलमा जोड दिनुपर्ने बताइन्। उनले उत्पादनलाई बढाउनको निम्ति सरकारले सिँचाई सुविधामा पनि ध्यान पु¥याउनुपर्ने बताइन्।


उनले भनिन् – ‘रासायनिक मलको कारखाना खोल्ने कुरा उल्लेख गर्नुभएको छ । किसानहरुले उत्पादनलाई बढाउने हो भने मल, बीउको लागि सरकारले सोच्नुपर्ने विषय हो । म जोड दिएर भन्न चाहन्छु प्राङ्गारिक मललाई बढी महत्व दिउँ । प्राङ्गारिक मलको कारखाना खोल्ने कुरालाई सरकारले बढी महत्व दिन आवश्यक छ । त्यसले माटोको गुणस्तरलाई नबिर्गान, मानव स्वास्थ्यलाई नबिगार्न प्राङ्गारिक मलमा जोड दिनुपर्छ । उत्पादनलाई बढाउनको निम्ति सिँचाई सुविधाको विषयमा सरकारले ध्यान दिनुपर्छ । हामीकहाँ भएका ६ हजार वटा नदीहरुलाई प्रयोग गरेर सिँचाइको व्यवस्था सरकारले गर्नुपर्छ । अनि मात्रै कृषि उत्पादकत्व बढाउन सकिन्छ । हामीलाई चाहिने खाद्यान्न उत्पादन गर्न सरकारले त्यस विषयमा ध्यान पु¥याउनु पर्दछ ।’

उनले विद्यार्थीहरु नेपालकै विश्वविद्यालयमा पढ्ने वातावरण बनाउनुपर्ने बताइन् ।