काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेण्डामा एकमत हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन् ।
नेपाल तयारी पोसाक उद्योग संघको वार्षिक साधारण सभामा अध्यक्ष ढकाल ले उक्त कुरा बताएका हुन् । अबको करिब एक महिनामा आयोजना हुने महासंघको ५८औं वार्षिक साधारसभामा सबै राजनीतिक दललाई उक्त आग्रह गरिने अध्यक्ष ढकालले जानकारी दिए ।
उनले अहिले बजारमा माग कम भएर बजार चलायमान हुन नसकेको अवस्थामा सबै पक्षको एैक्यवद्दता आवयशक रहेको बताए । यसैगरी, निजी क्षेत्रको मनोबल बढाउन मर्यादाक्रममा निजी क्षेत्रलाई समावेश गर्न पनि उनले आग्रह गरे । गाउँ र सहरमा रकम प्रवाह गर्न पुनर्कर्जा सुविधा र पूँजीगत खर्च बढाउनु पर्नेमा पनि उनले जोड दिए ।



About Us
प्रतिक्रिया