को हुन् अर्थमन्त्री वर्षमान पुन ?

को हुन् अर्थमन्त्री वर्षमान पुन ?


काठमाडाैं– नवनियुक्त अर्थमन्त्री वर्षमान पुनको जन्म रोल्पाको तत्कालिन जङ्कोट गाविसको वडा नम्बर १ माडीचौर मा बिक्रम संम्वत २०२८ साल जेठ १८ गते पिता इर्खराम पुन र माता तिर्थमाली पुनको दोस्रो सन्तानको रुपमा मध्यम वर्गीय परिवारमा भएको थियो ।

भिडियो:

माध्यमिक तह सम्मको शिक्षा रोल्पाबाटै लिएका पुन २०४४ सालमा एलएलसी पास गरेर २०४५ सालमा दाङको महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भए । उनी दाङमा क्याम्पस पढ्दा विद्यार्थी आन्दोलनमा पनि सक्रिय भूमिकामै रहे । २०६२/६३ को आन्दोलन पछि माओवादी खुल्ला राजनीतिमा आएसँगै २०६७ फागुनदेखि २०६८ वैशाखसम्म शान्ति तथा पुनर्निर्माण मन्त्री भएका थिए भने २०७५ चैत २ सम्म उर्जा , जलस्रोत एवं सिंचाई मन्त्री भएका थिए । रोल्पाको होलरीमा भएको पहिलो प्रहरी चौकी आक्रमणमा उनी सहभागी थिए ।

पुन यस अघि २०६८ भदौ १२ गते बाबुराम भट्टराईको नेतृत्वमा बनेको सरकारमा अर्थमन्त्री नियुक्त भएका थिए । त्यसबेला पनि गठबन्धन सरकारमै अर्थमन्त्री बनेका पुन २०६९ चैत १ गते संविधान सभा नै विघटन भएपछि पद मुक्त भएका थिए ।

पार्टीको स्थापनाकाल देखिनै महत्वपुर्ण भुमिका खेल्दै आएका पुन दोस्रो पटक अर्थ मन्त्री बनेपनि धेरै पटक मन्त्री बनिसकेका छन् । आर्थिक शिथिलताले गाँजिएको बर्तमान अर्थतन्त्र सम्हाल्न अर्थमन्त्री बनेका पुनमाथि शिथिल भएको अर्थतन्त्रलाई लयमा ल्याउने मुख्य चुनौती छ ।