शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै खानीखोला हाइड्रोपावर


काठमाडौं– खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १ः १ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो ।

बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ रहको छ ।