निजामती कर्मचारीले अबदेखि लोकसेवा तयारी कक्षा पढाउन नपाउने

निजामती कर्मचारीले अबदेखि लोकसेवा तयारी कक्षा पढाउन नपाउने


काठमाडौं– नेपाल सरकारका निजामती कर्मचारीहरुले अबदेखि लाेकसेवा आयोगका कुनै पनि तयारी कक्षाका प्रशिक्षक बन्न नपाउने भएका छन् । सोमबार संसदमा दर्ता भएको संघीय निजामती विधेयक, २०८० मा निजामती कर्मचारीले कुनै पनि लोकसेवा तयारी कक्षामा पढाउन नपाउने प्रस्ताव गरिएको हो ।

यो विधेयक कार्यान्वयनमा आएसँगै निजामती कर्मचारीले लोकसेवाका कुनै पनि तयारी कक्षामा पढाउन पाउने छैनन् । हाल निजामती कर्मचारीहरुले लोकसेवा आयोग वा सार्वजनिक निकायबाट पदपूर्तिका लागि लिइने प्रयोगात्मक परीक्षाको तयारी कक्षामा पढाउने गरेका छन् ।