बैंकिङ्ग समाचार काठमाडौं ।
बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन बैंकर्स संघले माग गरेको छ । आगामी आर्थिक वर्षका लागि आउने मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिदै बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन पहल हुनुपर्ने बताएको हो ।
कतिपय देशहरुमा बैंकहरुले धितोपत्र ब्रोकरको कार्यहरु गर्दै आएका छन् । नेपाल राष्ट्र बैंकले तोकेको व्यवस्था अनुसार सोका लागी केही बैंकहरुले सहायक कम्पनीहरु समेत खोली सकेको अवस्था छ ।
सो सहायक कम्पनीहरुले देशका कुना कुनामा छरिएका वाणिज्य बैंकहरुका शाखा मार्फत् ग्रामिण क्षेत्रमा पनि पुँजी बजारलाई विस्तार गर्न सक्ने बैंकर्स संघलेब बताएको छ । ‘तर, वाणिज्य बैंकका सहायक कम्पनीले हाल नियमानुसार निवेदन दिएर पनि ब्रोकर लाइसेन्स पाउन नसकेको अवस्था छ, यसका लागी तहाँबाट समेत पहल भएमा वित्त बजारलाई सहयोग पुग्ने देखिन्छ’ बोर्डको सुझावमा भनिएको छ ।
प्रतिक्रिया