काठमाडौं– साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २ हजार रूपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेसँगै छापावाल सुनको मूल्य प्रतितोला १ लाख २१ हजार र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २० हजार ४ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४ सय ५० रुपैयाँ कायम रहेको थियो।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार १३ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आज २० रूपैयाँले बढेर १४ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया