काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यको नीतिले भन्दा नेताको संरक्षणले व्यवसायीहरुलाई समस्यामा पारिरहेको दाबी गरेका छन्।
बिहीबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठक बोल्दै सभापति लामिछानेले मुलुकमा निजी क्षेत्रका व्यवसायीहरुलाई राज्यको नीतिले भन्दा पनि नेताहरुको संरक्षण बढी रहेको बताए।
उनले व्यवसायीहरुले नेताको संरक्षण लिएसम्म समस्या जस्ताको त्यस्तै रहने उल्लेख गरे। सभापति लामिछानेले व्यवसायीहरुका समस्या समाधान गर्नको लागि नेताको संरक्षणभन्दा पनि राज्यको नीतिले गर्न आवश्यक रहेको धारणा राखे।
उनले हरेक उद्योगी व्यवसायीहरु कुनै न कुनै नेताको संरक्षणमा बस्नुपर्ने बाध्यता रहेको बताए। उनले नेताहरुको संरक्षणको कारण व्यवसायीहरुले खुलेर समस्याको विषयमा कुरा राख्न नसकेको पनि उल्लेख गरे।
उनले व्यवसायीहरुले हरेक चाडपर्वमा आफ्नो संरक्षणको लागि नेतादेखि सरकारी निकायहरुमा रक्सी उपहार दिने प्रचलन बन्द गर्नु आवश्यक रहेको बताए। उनले व्यवसायीहरुले व्यवसायीहरुले मोही माग्ने ढुङ्ग्रो लुकाउने काम गरिरहेको बताए।
उनले भने,‘निजी क्षेत्रका व्यवसायीहरुले मोही माग्ने ढुङ्ग्रो लुकाउने काम गर्नुभयो। निजी क्षेत्रसँग यथार्थ भन्दा डर लुकेको छ। व्यवसायीहरु नबोलेको भन्दा पनि डर नबोलेको थाहा हुन्छ। समिति बैठकमा बस्ने उद्योगी व्यवसायीहरु सबैभन्दा बढी कर बुझाउने पर्नुहुन्छ। उहाँहरु धेरै रोजगारी सिर्जना गर्ने व्यवसायीहरु हो। विश्वको कुनै पनि समाज र राष्ट्रमा धेरै कर तिर्नेहरुको इज्जत अत्यन्त धेरै हुन्छ। सत्य काम गरेर वा असत्य काम गरेर कमाइको भए नि राजनीतिक संरक्षण छ कि छैन कुराले अर्थ राखेको हुनाले व्यवसायीहरुलाई धेरै कुरा खोल्न दिएको छैन। व्यवसायीहरुको कानून निर्माताले इज्जत गर्न सक्नुपर्छ।
उद्योगी व्यवसायीहरुलाई कुनै नेताले संरक्षण गरिरहेको अवस्थासम्म उहाँहरुको अवस्था यही रहन्छ। राज्यको नीतिले जब प्रोटेक्ट गर्छ, त्यसपछि व्यवसायीहरु सुरक्षित हुनुहुन्छ। नीतिले सुरक्षा दिन नसक्दा बाध्यताले नेताको संरक्षणमा जानुभएको छ। कुनै चाडपर्व छुटेको छ व्यवसायीहरुले विभिन्न निकाय र नेतालाई उपहारस्वरुप रक्सीहरु नपुर्याएकोरु विभिन्न निकायमा उपहार नदिए व्यवसायीहरुले दुःख पाउनुहुन्छ। आजको युगमा आएर हामीले स्वतन्त्र रुपमा छलफल गर्न नसक्ने हो भने निजी क्षेत्रले सास फेर्न पाउँदैन।’
सभापति लामिछानेले नेपालमा राज्यलाई सबै भन्दा धेरै कर बुझाउने उद्योगी व्यवसायीहरुको सम्मान गर्न नसकेको बताए। साथै उनले विश्वको कुनै पनि राष्ट्रमा धेरै कर तिर्नेहरुको सम्मान धेरै हुने गरेको पनि बताए ।



About Us
प्रतिक्रिया