काठमाडौं– मिटरब्याज पीडितहरूलाई बस्नका लागि टहरा बनाइने भएको छ। मिटरब्याज पीडितहरूले भृकुटीमण्डप नछोड्ने अडानमा बसेपछि उनीहरूलाई खुल्ला चउरमा टहरा बनाइदिन लागिएको हो।
फागुन १८ गतेदेखि भृकुटीमण्डपमा एक्स्पो हुँदैछ। सोही कारण त्यहाँ विभिन्न स्टलहरू राख्नुपर्ने भएपछि उक्त ठाउँ छोड्नु परेको मिटरब्याज तथा ठगी विरूद्ध किसान मजदुर संघर्ष समितिले जानकारी दिएकाे छ ।
प्रतिक्रिया