काठमाडौं – काठमाडौं महानगरपालिकाले १ सय ४० जना स्वयंसेवक (सिटी भोलेन्टियर) मागेको छ । महानगरले २४ साताका लागि सातामा २ दिन काम गर्ने गरी आवेदन खुलाएको हो ।
महानगरले स्वंयसेवक कार्यक्रम अन्तर्गत १ सय बालबालिका र वातावरण स्वयंसेवक र ४० जना सम्पदामा युवा र बालबालिका कार्यक्रमका लागि स्वयमसेवक लिन लागिएको महानगरले जनाएको छ ।
स्वयंसेवक कार्यक्रम अन्तर्गत सहरी वातावरण, हरित र सुन्दर विद्यालय, सम्पदा र पर्यटनका क्षेत्रमा साझेदार र समुदायसँग मिलेर काम गर्नुपर्ने छ । महानगरले स्वयंसेवकका लागि फारम भर्न नाम, थर, स्थायी, अस्थायी ठेगाना, रुचि भरेर बुझाउनुपर्ने हुन्छ ।
‘यसमा आफू कुन विधामा इच्छुक हो, वातावरण तथा बालबालिका र सम्पदामा युवा तथा बालबालिकामध्ये एउटालाई छान्नुपर्छ । त्यो क्षेत्रमा किन स्वयंसेवक बन्न खोजेको हो, त्यसबारे २ सय शब्दसम्ममा धारणा लेखेर पठाउनुपर्ने महानगरले जनाएको छ ।
प्रतिक्रिया