काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा घलेम्दी हाइड्रो लिमिटडको हकप्रद शेयर सूचीकृत भएको छ । बिहीबार नेप्सेमा कम्पनीको एक करोड १० लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।
हाइड्रोले केही समयअघि आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो। नेप्सेमा आजको दिन सोही हकप्रद शेयर सूचीकृत भएको हो।
शत प्रतिशत हकप्रद निष्काशन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ।
प्रतिक्रिया