कोक, फ्यान्टा तथा स्प्राइटको मूल्य बढ्यो, कति पुग्यो ?  

कोक, फ्यान्टा तथा स्प्राइटको मूल्य बढ्यो, कति पुग्यो ?  

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।  
वोटलर्स नेपाल लिमिटेड बालाजु तथा वोटलर्स नेपाल लिमिटेड तराईले आफ्ना उत्पादनको मूल्य बढाएका छन् । कम्पनीले शुक्रबारबाट लागू हुने गरी कोकाकोला, फ्यान्टा तथा स्प्राइटको मूल्य बढाएको हो । कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै मूल्य बृद्धि गरेको घोषणा गरेको हो । कम्पनीले मूल्य बढाउनुको कारण भने खुलाएको छैन।
 
कम्पनीले १.५ लिटरको कोक र फ्यान्टाको मूल्य प्रति बोतल १६० रुपैयाँ पुगेको छ। कम्पनीले डेढ लिटरमा २० रुपैयाँ बढाएको हो । हिजोसम्म मूल्य १४० रुपैयाँ प्रति बोतल थियो । यो खुद्रा मूल्य हो । एक केसको मूल्य (६ बोतल) ९६० रुपैयाँ पुर्याएको छ ।
 
त्यस्तै, २.२५ लिटरको कोक, फ्यान्टा तथा स्प्राइटकोे मूल्य प्रति वोतल २२५ रुपैयाँ पुगेको छ । हिजोसम्म मूल्य २०० रुपैयाँ प्रति बोतल थियो । यो खुद्रा मूल्य हो । एक केसको मूल्य (६ वोतल) १३५० रुपैयाँ पुर्याएको छ । कम्पनीले पुरानो मूल्यमा बजारमा उपलब्ध हुने कोक, फ्यान्टा तथा स्प्राइट पुरानै मूल्यमा उपलब्ध हुने जानकारी दिएको छ । आजबाट बजारमा पठाइने उत्पादनको मूल्य मात्र बढेको हो ।

\"\"