काठमाडौँ– सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिंग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ।
आइतबार बसेको राष्ट्रियसभाको बैठकले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिंग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो।
सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिंग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने, विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
प्रस्तावलाई सभाका सम्पूर्ण सदस्यहरूले सर्वसम्मतिले स्वीकृत गरेका छन्। राष्ट्रियसभाको अर्को बैठक फागुन ११ गते शुक्रबार १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको छ। (रासस)



About Us
प्रतिक्रिया