एक्विजिशन प्रस्ताव पारित गर्न नेपाल फाइनान्स र ललितपुर फाइनान्सले डाके विशेष साधारण सभा

एक्विजिशन प्रस्ताव पारित गर्न नेपाल फाइनान्स र ललितपुर फाइनान्सले डाके विशेष साधारण सभा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।

नेपाल फाइनान्स लिमिटेड (NFS) ले ललितपुर फाइनान्सलाई एक्वायर गर्ने प्रस्ताव पारित गर्न दुबै कम्पनीले विशेष साधारण सभा डाकेका छन्।

यी दुबै कम्पनीहरुले जेठ २८ गते सभा डाकेका हुन्। दुबै कम्पनीहरुले आ–आफ्नो केन्द्रिय कार्यालयमा वेबिनारमार्फत सभा सञ्चालन गर्नेछन्।

सभामा नेपाल फाइनान्सले ललितपुर फाइनान्स (LFC) लाई १ बराबर १ शेयर स्वाप अनुपातमा प्राप्त गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, प्राप्तिपश्चात संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालन समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ नेपाल फाइनान्सले जेठ १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ भने एक्विजिशन प्रक्रियाका कारण ललितपुर फाइनान्सको शेयर कारोबार रोक्का रहेको छ।