इन्फिनिटी लघुवित्तलाई नेपाल एग्रो प्राप्ति गर्न सैद्धान्तिक सहमति

इन्फिनिटी लघुवित्तलाई नेपाल एग्रो प्राप्ति गर्न सैद्धान्तिक सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्था (ILBS) लाई नेपाल एग्रो लघुवित्त वित्तीय संस्था प्राप्ति गर्न सैद्धान्तिक सहमति पाएको छ । लघुवित्तले जेठ ११ गते नेपाल राष्ट्र बैंकबाट प्राप्ति सम्बन्धि सैद्धान्तिक सहमति पाएको हो ।

इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तबीच प्राप्ति सम्बन्धि गत माघ २६ गते सम्झौता भएको थियो ।

कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १८, विन्ध्यावासिनीमा केन्द्रिय कार्यालय रहेको नेपाल एग्रो लघुवित्तलाई गाभ्ने सैद्धान्तिक सहमति पाएको हो ।

यसअघिनै नेश्डो लघुवित्तसँग मर्जर सम्झौता गरेको नेपाल एग्रोको नेपाल स्टक एक्सचेञ्जमा २०७६ असोज २३ गते देखि नै रोक्का छ ।

\"\"