युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौं – युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि शुक्रबार बुकक्लोज गर्ने भएको छ ।

कम्पनीले फागुन आगामी १७ गते, बिहीबार१४ औँ वार्षिक साधारण सभा बोलाएको छ।

बुकक्लोज अनुसार बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र लाभांश पाउनेछन् । आफ्ना सेयरधनीरुलाई १०.५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।