नेपाल एसबिआई बैंकको संचालकमा वस्ती नियुक्त

नेपाल एसबिआई बैंकको संचालकमा वस्ती नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।

नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited  को संचालकमा भरत राज वस्ती नियुक्त भएका छन् । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले वस्तीलाई संचालक पदमा नियुक्त गरेको हो । 

वस्ती कर्मचारी संचय कोषको तर्फबाट प्रतिनिधित्व गर्दै संचालक नियुक्त भएका हुन् । यस अघि कोषबाट अर्जुन कुमार गौतमले प्रतिनिधित्व गर्दै आएकोमा कोषले गौतमको ठाउमा वस्तीलाई पठाएको हो । 

संचय कोष नेपाल एसबिआई बैंकको संस्थागत लगानीकर्ता हो ।