सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा अनिल ज्ञवाली नियुक्त

सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा अनिल ज्ञवाली नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
सिटिजन्स बैंकले स्वतन्त्र संचालकमा अनिल ज्ञवालीलाई नियुक्त गरेको छ । बैंकको मंगलबार बसेको ३६२ औं सञ्चालक समितिको बैठकले अनिल ज्ञवालीलाई आषाढ १ गते देखि लागू हुने गरी बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । उनीमा बैंकिंग क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव छ । सुदेश खालिङले राजीनामा दिएपछि रिक्त हुन गएको स्वतन्त्र संचालकको पदमा ज्ञवालीलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

सुदेश खालिङ एभरेष्ट बैंकको सीइओ नियुक्त भएसँगै सो पद खाली थियो । ज्ञवाली शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल बैंकरका रूपमा परिचित छन् ।