बैंकिङ समाचार ।
कोरोना भाइरसको संक्रमणबाट बच्न भएको लकडाउन र निषेधाज्ञासँगै डिजिटल भुक्तानीमार्फत हुने कारोबार बढेको पाइएको छ ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कनेक्ट आईपीएस मार्फत गएको चैत महिनामा मात्रै १ खर्ब ४१ अर्ब ८ करोड रुपैयाँ कारोबार भएको छ । फागुन महिनामा कनेक्ट आईपीएसमार्फत १ खर्ब १० अर्ब रुपैयाँ मात्रै कारोबार भएको थियो ।
गएको असार महिनामा यस्तो कारोबार जम्मा ५१ अर्ब रुपैयाँ मात्रै थियो । यस्तै, चैत महिनामा मोबाइल बैंकिङका एक करोड १० लाख वटा कारोबारमार्फत ४८ अर्ब ६५ करोड रुपैयाँ कारोबार भएको छ । यो अघिल्लो महिना भन्दा १० अर्ब रुपैयाँले धरै हो । चैत महिनामै इन्टरनेट बैंकिङमार्फत तीन लाख तीन हजार वटा कारोबार हुँदा १० अर्ब २ करोड रुपैयाँ कारोबार भएको छ, जबकी फागुन महिनामा आठ अर्ब ८८ करोड रुपैयाँको मात्रै कारोबार भएको थियो ।
यस्तै वालेटमार्फत हुने कारोबार पनि चैत महिनामा ११ अर्ब रुपैयाँ पुगेको छ । चैत महिनामा वालेटमार्फत एक करोड १४ लाख वटा कारोबार भएका छन् । यस्तै क्यूआर कोडमार्फत दुई अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै ई–कमर्सबाट एक अर्ब पाँच करोड रुपैयाँको कारोबार भएको छ । चैत महिनामा एटीएम मेसिनबाट ७० अर्ब ६० करोड रुपैयाँ नगद झिकिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया