अध्यागमन विभागद्वारा निकालिए ४ सय ५९ विदेशी नागरिक

अध्यागमन विभागद्वारा निकालिए ४ सय ५९ विदेशी नागरिक


काठमाडौं– अध्यागमन विभागले ४ सय ५९ जना विदेशी नागरिकलाई देश निकाला गरेको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार बसेको बैठकमा विभागले सन् २०२३ मा ४ सय ५९ जना विदेशी नागरिकलाई नेपालबाट निकालिएको जानकारी दिएको हो ।

गैरआवसीय नेपाली नागरिकता लिएका नेपाली मूलका विदेशीहरुको भिसा शुल्क सम्बन्धमा स्पष्टता नदेखिएका कारण यसो गरिएको विभागले जनाएको छ ।