नेपाल बैंक फेरी पनि “ए” रेटिङ्गमा

नेपाल बैंक फेरी पनि “ए” रेटिङ्गमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार।

नेपाल बैक Nepal Bank Limited   फेरी पनि  ”ए” अर्थात आइसिआरए एनपी–आइआर “ए” स्तरको रेटिङ्गमा परेको छ । इक्रा रेटिङ्ग एजेन्सीले नेपाल बैकलाई यो रेटिङ्ग  प्रदान गरेको हो ।   

 कोभिड–१९ को प्रभाव द्वारा श्रृजित प्रतिकुल परिस्थितिमा समेत कर्जा तथा अन्य सम्पत्तिको गुणस्तर कायम राख्न सफल रहेको, बित्तिय दबावलाई ब्यबस्थापन गर्न कर्जा जोखिम, ब्यबसायिक तथा बित्तीय जोखिमहरुको बिष्लेषण, ब्यबस्थापकीय क्षमता, संचालन प्रभावकारिता,  बैंकको प्रभावकारी संचालनमा प्रभाव पार्ने आन्तरिक तथा बाहय बाताबरणीय तत्वहरुको बिष्लेषण, बजार हिस्सा, ब्राण्ड तथा ईमेज, स्वस्थ मुनाफाको आधार, नितिगत तथा कानूनी प्रभावहरुको मुल्याङ्कन, पूजी संरक्षण तथा सरकार बाट प्राप्त सहयोग, सुशासन कायम गर्नको लागी गरिएका प्रयासहरु, निति तथा स्थापना गरेका पूर्बाधारहरु, जोखिम बहन गर्नसक्ने क्षमता, पर्याप्त तरलता तथा पूजीकोष, आम्दानीका श्रोतहरु त्था तिनका स्थायित्व, निक्षेपको मिश्रण, कर्जा तथा निक्षेपको अनुपात, पारदर्शिता एबं समग्र ईण्डष्ट्रीको जोखिम आदी जस्ता तथ्यहरुको आधारमा बैंक ”ए” रेटिङ्गमा पर्न सफल भएको बैंकले उल्लेख गरेको छ । 

त्यसैगरी हाल बैंकद्वारा जारी गरिएको साढे तिन अर्ब बराबरको १० बर्ष समयाबधि तथा ८.५% ब्याजदर भएको ऋणपत्रको समेत ईक्रा द्वारा ”ए” रेटिङ्ग अर्थात एनपी–आइआर “ए” रेटिङ्ग गरेको छ । यस प्रकारको रेटिङ्गले जारी गरिएको ऋणपत्रको तिर्नुपर्ने साँवा तथा ब्याजहरु समयमै भुक्तानी गर्नसक्ने बैंकको क्षमतालाई प्रमाणित गर्दछ ।   

यस स्तरको रेटिङ्ग प्राप्त गर्ने बैंक तथा बित्तिय संस्थाको आफ्नो बित्तिय तथा आर्थिक दायित्वलाई समयमै भुक्तानीगर्न सक्ने पर्याप्त क्षमता हुने, बैंकको सिएएसए को हिस्सा ६३% रहेको जुन नेपालको बैकिङ्ग क्षेत्रको औषत भन्दा उच्च रहेको, पर्याप्त पुँजीकोष अनुपात रहेको, कर्जा तथा निक्षेपको कन्सेट्रेसन जोखिम कम रहेको र समग्र कर्जा जोखिम न्यून रहेको भन्ने जस्ता आधारहरु प्रमाणित हुनेहुँदा बैंक प्रतिको बिश्वसनियता बढ्नुका साथै बैंकको ब्यबसाय बृद्घि तथा बिस्तारमा महत्वपूर्ण योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।