मिथिला लघुवित्तको नाफा २३३ प्रतिशतले बढ्यो

मिथिला लघुवित्तको नाफा २३३ प्रतिशतले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा २३३.८५ प्रतिशतले बढेको छ । लघुवित्तले चालु आर्थिक वर्षको तेस्रोे त्रैमासमा ५ करोड ११ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको हो ।

गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले १ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चुक्ता पूँजी १२ करोड १७ लाख रुपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ५६.०६ रुपैयाँ छ । लघुवित्तको जगेडा कोषमा १३ करोड १७ लाख रुपैयाँ सञ्चित रहँदा प्रतिशेयर नेटवर्थ २०८.२४ रुपैयाँ कायम भएको छ ।

समीक्षा अवधिमा लघुवित्त कम्पनीको खुद ब्याज आम्दानी ६९ र सञ्चालन नाफा १८७ प्रतिशतले बढेको छ । चैत मसान्तसम्मा लघुवित्तले ८ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी र सञ्चालन नाफा ६ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ । चैत मसान्तसम्म लघुवित्तले ४५ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन तथा ९९ करोड ७ लाख रुपैयाँ सापटी गरी १ अर्ब ६२ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

मिथिलाको खराब कर्जा अनुपात भने २.४२ बाट बढेर २.९१ प्रतिशतमा पुगेको छ ।