बेष्ट फाइनान्सको २४ औं वार्षिक साधारण सभा स्थगित

बेष्ट फाइनान्सको २४ औं वार्षिक साधारण सभा स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
बेष्ट फाइनान्सको २४ औं वार्षिक साधारण सभा स्थगित भएको छ ।

फाइनान्सले बैशाख ३१ गतेलाई आह्वान गरेको सभा कोभिडका कारण सरकारबाट जारी निषेधाज्ञा भएसँगै सञ्चालक समितिको बैठकले सभा स्थगित गर्ने निर्णय गरेको हो ।

फाइनान्स सञ्चालक समितिको बैशाख १८ गते शनिबार सम्पन्न ५२१ औं बैठकले अर्को सूचना प्रकाशन नभएसम्मका लागि सभा स्थगित गरेको हो ।

कोरोनाको नयाँ भेरियन्ट देखिएको तथा नेपाल सरकारबाट कोरोना नियन्त्रण तथा रोकथामको लागि निषेधाज्ञा जारी भएको विषम परिस्थितिलाई मध्य नजर गर्दै कम्पनीले अर्को निर्णय र सूचना प्रकाशित नभएसम्मको लागि सभा स्थगित गरिएको जनाइएको छ ।

बैशाख ३१ गते हुने सभामा फाइनान्स र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव रहेको थियो ।

यसैगरी गाभिने तथा मर्जर प्राप्ती गर्ने सम्बन्धी पत्रमा हस्ताक्षर गर्ने, चल अचल सम्पति र दायित्व मूल्यांकन गर्नका लागि मान्यता प्राप्त मूल्यांकन कर्ता नियुक्त गर्ने, नयाँ कार्यसमितिका लागि संस्थापक तथा सर्वसाधारण समूहको सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु समावेश थिए ।

सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन तथा अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७७।७८ लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने सामान्य प्रस्ताव रहेको छ ।