नबिल बैंकले युनाइटेड फाइनान्स एक्वायर गर्ने प्रारम्भिक समझदारी

नबिल बैंकले युनाइटेड फाइनान्स एक्वायर गर्ने प्रारम्भिक समझदारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
नबिल बैंकले युनाइटेड फाइनान्स एक्वायर गर्ने भएको छ। बैंक र फाइनान्सबीच प्राप्ति सम्बन्धी सहमति पत्रमा शुक्रबार हस्ताक्षर भएको हो।

नवील बैंकको मुख्य कार्यालयमा आयोजित कार्यक्रममा बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनिष खेम्काले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

नबिलले यूनाइटेड फाइनान्सलाई ३५ रुपैयाँको दरले प्राप्ति गर्ने समझदारी बनेको हो । प्रारम्भिक सम्झौता अनुसार यूनाइटेड फाइनान्सको १०० कित्ता शेयर हुनेहरुले प्राप्तिपछि नवील बैंकको ३५ कित्ता शेयर पाउनेछन् ।

नबिल र युनाइटेड दुवै विदेशी लगानी भएका वित्तीय संस्था हुन्। नबिलमा ५० प्रतिशत लगानी विदेशी छ भने युनाइटेडमा भारतको मुत्थूट फाइनान्सको लगानी छ। यी दुवै संस्थामा चौधरी समूहको लगानी छ।

प्राप्तीपछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममा हुने र संचालक समिति पनि नबिल बैंककै रहने गरि सम्झौता भएको छ । उक्त सम्झौता पश्चात प्राप्तीका लागि नेपाल राष्ट्र बैंकमा स्विकृतिका लागि प्रकृया अगाडि बढाइने र समयमै स्विकृती पाएमा यथासिघ्र संयुक्त कारोबार गर्ने बैंकले जनाएको छ।

सोही अनुसार नबिल बैंकको शाखा सञ्जाल बृद्धी भइ १४७ हुनेछ । नबिल बैंकको काठमाडौं उपत्यका भित्र मात्र शाखा सञ्जाल बृद्धी भइ ३७ हुनेछ । एटिएम संख्या भने १९० हुनेछ । निक्षेपको आकार २१६ अर्ब हुनेछ भने कर्जाको आकार २०१ अर्ब हुनेछ (चैत्र मसान्तको बित्तिय विवरण अनुसार) । यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुबैको आकार २ खर्ब माथि हुनेछ ।

नबिल बैंकले मर्जर तथा प्राप्ती प्रकृयामा जान पहिलो पटक यस बर्षको साधारण सभाबाट पारीत गरेको थियो र सोही बर्षनै प्राप्ती सम्झौताको घोषणा पनि गरेको छ ।  पछिल्लो पटक नबिल बैंकसँग नाम जोडेर विभिन्न वाणिज्य बैंकहरुको पनि मर्जरको प्रक्रियामा रहेको चर्चाहरु हुने गरेका छन् ।