प्रभु इन्स्योरेन्सको साधारण सभा जेठ ६ गते, लाभांश प्रस्ताव पारित गर्ने

प्रभु इन्स्योरेन्सको साधारण सभा जेठ ६ गते, लाभांश प्रस्ताव पारित गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।  
प्रभु इन्स्योरेन्सले जेठ ६ गतेका लागि २५औं वार्षिक साधारण सभा आव्हान गरेको छ । सभा प्रभु कम्प्लेक्स तीनकुने, काठमाडौंमा विहान ११ बजे आव्हान गरिएको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी कम्पनीले सभा भर्चुअल माध्यमबाट गर्ने तयारी गरेको छ । सभाले गत आर्थिक वर्ष ०७६/७७ को लागि १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । 

यस वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५ करोड ६२ लाख ७५ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको अन्त्यसम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित र सामूहिक लगानीकोष योजना सञ्चालन गर्ने विषय प्रबन्धपत्रमा थप गर्ने निर्णय पनि सभाले गर्नेछ । सञ्चालक समितिका सदस्यहरुको बैठक भक्ता बृद्धि गर्ने विषय पनि सभामा छलफलका लागि तय भएको छ ।

चालू आर्थिक वर्षको वार्षिक लेखापरिक्षणका लागि वर्तमान लेखापरिक्षक मदन निरौला एण्ड कम्पनीलाई पुनः नियुक्त गर्ने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख २६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा बैंशाख २३ गते बिहीवारसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।