१८ प्रतिशतले बढ्यो लक्ष्मी बैंकको नाफा, वितरणयोग्य कति ?

१८ प्रतिशतले बढ्यो लक्ष्मी बैंकको नाफा, वितरणयोग्य कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लक्ष्मी बैंकको खुद नाफा १८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ८ करोड खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खुद नाफा बढेर १ अर्ब २८ करोड पुगेको हो । बैंकको वितरणयोग्य मुनाफा भने ८४ करोड ७६ लाख रहेको छ ।

त्यस्तै बैंकको खुद ब्याज आम्दानी ९.८८ प्रतिशतले घटेर २ अर्ब २५ करोड पुगेको छ । समिक्षा अवधिमा बैंकको निक्षेप ८.३८ प्रतिशतले बढेर १ खर्ब ६ अर्ब पुगेको छ भने कर्जा प्रवाह १६.२८ प्रतिशतले बढेर १ खर्ब २ अर्ब पुगेको छ । बैंकको खराब कर्जा १.७८ प्रतिशतबाट घटेर ०.७१ प्रतिशतमा झरेको छ । १० अर्ब ६९ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ४ अर्ब ८ करोड रहेको छ  ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १४ बाट बढेर १६ रुपैयाँ पुगेको छ भने प्रति शेयर नेटवर्थ १५२.०२ रुपैयाँ रहेको छ ।