मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘द फर्न रेसिडेन्सी’ मा १५ प्रतिशत छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘द फर्न रेसिडेन्सी’ मा १५ प्रतिशत छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।   

मुक्तिनाथ विकास बैंकका ग्राहकले ‘द फर्न रेसिडेन्सी’ होटलमा छुट पाउने भएका छन्। चितवनमा रहेको उक्त होटलसँग विभिन्न सेवामा छुट दिने विषयमा सम्झौता भएको हो। भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले यो सेवा पाउछन्। उनीहरुले खाना र बसाइमा १५ प्रतिशत सम्म छुट पाउने छन्।

यो बैंकले भिसा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटिएमबाट विना शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा लगायत कार्यहरु घरबाटै गर्न सकिन्छ।