सार्वजनिक बिदामा पनि राजस्वसम्बन्धी सेवा पूर्णतः सुचारु गर्न राष्ट्र बैंकको निर्देशन

सार्वजनिक बिदामा पनि राजस्वसम्बन्धी सेवा पूर्णतः सुचारु गर्न राष्ट्र बैंकको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जुनसुकै सार्वजनिक बिदाको दिन पनि राजस्वसम्बन्धी काम गर्ने विभागहरू पूर्णकालीन रुपमा खुला राख्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । बिहीबार सूचना जरी गर्दै राष्ट्र बैंकले क, ख, ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई २६ असार ०७५ को पत्रानुसार राजस्वसम्बन्धी सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले वर्षभरि नै असोज, पुस, चैत र असार महिनाको २५ गरे र त्यसपछि मसान्तसम्म शनिबारलगायत जुनसुकै सार्वजनिक बिदा परे पनि राजस्व बुझ्ने बुझाउने काम नियमित गर्न सबै सम्बन्धित संस्थाहरूलाई निर्देशन गरेको छ । 

उल्लेखित अवधिका सार्वजनिक बिदाका दिनमा राजस्वसंकलन गर्ने आन्तरिक राजस्व कार्यालयहरू, करदाता सेवा कार्यालयहरू, भन्सार कार्यालयहरूको राजस्व बुझ्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंक लगायत राजस्व कारोबार गर्ने सम्पूर्ण बैंकहरू, चेक क्लियरिङ गर्ने प्रयोजनका लागि अन्य वित्तीय संस्थाहरू तथा नेपाल क्लियरिङ हाउस पूर्णकालीन रुपमा खुला गरी राजस्व बुझ्ने व्यवस्था गर्न/गराउन केन्द्रीय बैंकको निर्देशन छ । राष्ट्र बैंकले पुरानो निर्देशन कार्यान्वयनका लागि पुनः निर्देशन गरेको हो ।