जीवन बीमा अभिकर्ता परीक्षा संचालन गर्दै प्राधिकरण


काठमाडौं– नेपाल बीमा प्राधिकरण जीवन बीमा अभिकर्ताको परीक्षा संचालन गर्ने भएको छ । प्राधिकरण माघ १४ गतेबाट अनलाइनमार्फत परीक्षा गर्ने भएको हो । बीमा ऐन २०७९ अनुसार जीवन बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्रै इजाजत दिने व्यवस्था भएबमोजिम प्राधिकरणले परीक्षा गर्न लागेको हो ।

माघ १४ गतेबाट माघ १९ गतेसम्म परीक्षा संचालन हुने प्राधिकरणले बताएको छ । माघ १४ गते आइतबार साँझ ४ बजेबाट ५ः३० बजेसम्म, माघ १५ गते पनि साँझ ४ बजेबाट ५ः३० बजेसम्म, माघ १६ गते साँझ ५ बजेबाट ६ः३० बजेसम्म र माघ १७, १८ र १९ गते संचालन गर्ने परीक्षा पनि साँझ ५ बजेबाट ६ः३० बजेसम्म संचालन हुने जनाइएको छ ।