कृषि क्षेत्रको प्रगति प्रविधिमार्फत मात्रै सम्भव छः कृषिमन्त्री भुसाल


काठमाडौं – कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले प्रविधिमार्फत नै कृषि क्षेत्रको प्रगति गर्न सकिने बताएका छन्।
शुक्रवारबाट शुरु भएको तीन दिने कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ मेलाको उद्घाटन गर्दै मन्त्री भुसाललेप्रविधिको विकासमार्फत कृषि क्षेत्रमा प्रगति हुने इतिहास रहेको बताएका हुन् ।

उनले नेपालले कृषि उत्पादनमा वृद्धि गर्नुपर्ने बेला भइसकेको भन्दै सरकारले कृषि उत्पादनलाई अझ बढाउने गरी काम गरिरहेको बताएँ । उनले उत्पादन वृद्धि गर्नका निम्ति उत्पादकत्व वृद्धि गर्नुपर्ने र लागत खर्च घटाउनुपर्ने बताउनुका साथै कृषिमा अबका दिन यान्त्रीकरणको महत्व बढ्दै गइरहेको औल्याए ।

उनले भने, ‘कृषिमा प्रगति हुने नै प्रविधिको विकासमार्फत हो । आजसम्मको हामीले ढुंगे युगदेखि अहिले आएर जुन खालका अटोमेटिक मेसिनहरुको प्रयोग भएको छ, यो इतिहासलाई हेर्दा यही देखिन्छ । प्रविधिको विकासमार्फत कृषि क्षेत्रमा प्रगति हुन्छ।’