डिष्टिलरी लिमिटेड आईपीओ निष्कासन गर्दै


काठमाडौं- श्री डिष्टिलरी लिमिटेड प्रिमियममा आईपीओ निष्कासन गर्ने तयारीमा जुटेको छ । सोही तयारीका लागि कम्पनीले आगामी फागुन ४ गते बालुवाटारस्थित एभोकाडो क्याफे प्रालिमा दिउँसो २ बजे सुरु हुने गरी साधारण सभा आवह्वान गरेको छ ।

कम्पनीले सभामा प्रिमियममा आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेस गर्ने तयारी पनि गरेको छ । साथै सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल गर्ने एजेण्डा कम्पनीको रहेको छ ।