काठमाडौं- नेपाल लघुवित्त बैंकर्स संघले लघुवित्त वित्तीय संस्थाको विषयमा बजारमा फैलिएको भ्रम कम हुनेगरी काम गरिदिन आग्रह गरेको छ । संघका प्रतिनीधीहरुले अर्थमन्त्री डा. प्रकाशरण महतसँगको भेटको क्रममा सो आग्रह गरेका हुन् ।
संघले बजारमा आएको भ्रम रोक्ने गरी अर्थमन्त्रालयबाट विज्ञप्ती नै जारी गर्न आग्रह गरेको संघका अध्ययक्ष रामबहादुर यादवले जानकारी दिए ।
यादवले आफुहरुको अनुरोधमा अर्थमन्त्री महतले सहमति जनाएका छन् । अर्थमन्त्री महतले जतिसक्दो छिटो विज्ञप्ति जारी गरेर नियमित साँवा तथा ब्याज भुक्तानीका लागि अनुरोध गर्ने बताएका थिए।
प्रतिक्रिया