गुराँस लघुवित्तले ६ महिनामै कमायो ७७ लाख नाफा

गुराँस लघुवित्तले ६ महिनामै कमायो ७७ लाख नाफा


काठमाडौं- गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७७ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। संस्थाले अघिल्लो वर्षको सोही अवधिमा २ लाख ४७ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी २८.७९ प्रतिशतले बढेर २ करोड ८९ लाख १७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहीअवधिमा २ करोड २४ लाख ५३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

संस्थाको सञ्चालन नाफा ७९ लाख ७६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष सोही अवधिमा १३ लाख ८२ हजार रुपैयाँ सञ्चालन घाटा भएको थियो । पुस मसान्तसम्म आइपुग्दा खराब कर्जा ०.५२ प्रतिशतले घटेर ३.७५ प्रतिशत पुगेको छ ।

त्यस्तै, संस्थाको हाल चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ छ ।