काठमाडौं । साताको सेयर कारोबारको तेस्रो दिन शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ० दशमलव ४० अंकले घटेर २ हजार ९८ को विन्दुमा कायम भएको छ ।
आज ३१० कम्पनीको १ करोड १८ लाख १ हजार ३६० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज १०३ कम्पनीको शेयर मुल्य बढेको छ भने १३७ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५५ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया