गंगालाल हृदय केन्द्रको कार्यकारी निर्देशकमा मल्ल नियुक्त



काठमाडौं,
सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डा. मल्ललाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै, मन्त्रिपरिषद् बैठकले सांस्कृतिक संस्थानको महाप्रबन्धकमा किरणबाबु पन्तलाई नियुक्त गरेको छ ।