काठमाडौं,
कुमारी बैंक लिमिटेडले बैंकले शेयरधनी सुगन्ध श्रेष्ठको नाममा रहेको ८ हजार ७८० कित्ता शेयर बिक्रीमा ल्याएको छ ।
उक्त शेयरको मूल्यभने बिक्रेताले तोकबमोजिम हुने बैंकले जनाएको छ । संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल, नक्साल नागपोखरी वा कुमारी बैंकको प्रधान कार्यालय काठमाडौं, टंगालमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।
साथै, तोकिएको अवधिभित्र विद्यमान संस्थापकहरुबाट खरिद आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्तिलाई बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ ।



About Us
प्रतिक्रिया