पोखरा- पोखरा फाइनान्स लिमिटेडले आफ्नो २७ औं वार्षिक साधारणसभा आज आइतबार सम्पन्न गरेको छ । पोखरा ९ स्थित दरबारथोक बैक्वेट, बाँस्तोलाथरमा सभा सम्पन्न भएको हो ।
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आ।व। २०७९÷८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह लगायतका विवरणहरु सहित अन्य प्रस्तावहरु छलफल गरी स्वीकृत भएका छन् ।
सभामा सञ्चालक समितिका अध्यक्ष, सञ्चालक, शेयरधनी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया