काठमाडौं । नेपाल राष्ट्र बैंकले हिजो (पुस २६ गते) वित्तीय विवरणमा सार्वजनिक गर्यो । जसअनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई ६ खर्ब १३ अर्ब २५ करोड पुगेको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले मात्रै बढेको थियो । वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्दै जाँदा रेमिट्यान्स पनि बढेको विज्ञहरुले बताउँदै आएका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणले अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ६२ करोड पुगेको देखाएको छ । बैंकका अनुसार अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले मात्रै बढेको थियो ।
केन्द्रीय बैंकका अनुसार पाँच महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ७३ हजार ५५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ०४ हजार ०३७ रहेको छ । बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २३६,७७९ र ११५,९४८ रहेको थियो ।



About Us
प्रतिक्रिया