सन्दिप लामिछानेले ५ लाख रुपैयाँ क्षतिपूर्ति व्यहोर्नुपर्ने


काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेले ३ लाख जरिवाना र पीडितलाई २ लाख क्षतिपूर्ति व्यहोर्नुपर्ने भएको छ । काठमाडौँ जिल्ला अदालतकान्यायाधीश शिशिरराज ढकालको इजलासले आज उक्त सजाय सुनाएको हो ।

‘गौशाला २६’ लाई बलात्कार गरेको अभियोगमा लामिछानेलाई यही पुस १३ गते अदालतले दोषी ठहर गरेको थियो । निजले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतले ठहर गरेको थियो ।

अदालतले लामिछानेलाई आठ वर्ष कैद तीन लाख जरिवाना र दुईलाख क्षतिपूर्ति निर्धारण गरेको छ । लामिछानेविरुद्ध गत भदौ २१ गते २०७९ बालिका बलात्कारको उजुरी परेपछि गत असोज २० गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।