उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई थप आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन् । सोमवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले सरकारले दिएको १० लाख आर्थिक सहायता पर्याप्त नभएको गुनासो आएकाले वैदेशिक रोजगार बोर्डमार्फत मृतकका परिवारलाई थप आर्थिक सहायता उपलब्ध गराउन लागिएको जानकारी दिएका हुन् ।
त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि छलफल गरिएको र केहीबेर पछि मृतकका परिवारलाई थप रकम दिने निर्णय गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले मृतकका परिवारलाई रोजगारी दिन सरकार प्रतिवद्ध रहेको बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले सरकारले स्वीकार गरिसकेको पनि बताए । उनले भने, ‘सो घटनामा सुरक्षा व्यवस्था केही कमजोरी भएकै हो । घटनाको दोषी पत्ता लगाउन सरकारले उच्चस्तरीय न्यायिक छानविन समिति गठन पनि गरेको छ । त्यसले दिएको सुझावको आधारमा दोषीमाथि कानूनी कारबाही गर्छौँ ।
प्रतिक्रिया