सम्पदा लघुवित्तको ३३ लाख कित्ता शेयर बिक्रीमा


काठमाडौं – सम्पदा लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले दुई जना संस्थापक शेयरधनीको नाममा रहेको ३३ हजार ३४८ कित्ता शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थाका विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय गैँडाकोट–५, नवलपरासीमा लिखित निवेदन दिनुपर्नेछ।