लाभांश प्रस्ताव पारित गर्न छिमेक लघुवित्तले बोलाएको वार्षिक साधारण सभा


काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। संस्थाले पुस ६ गते होटल सामना प्रालिको सभाहल, मकवानपुर, हेटौँडामा २५ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजेदेखि शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ११.९६ प्रतिशतका दरले बोनस शेयर र सोको (कर प्रयोजनार्थसहित) १३.०३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साथै, सभाले अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ संस्थाको मंसिर २२ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागि हुन तथा संस्थाले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।