बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी सुरेन्द्र बहादुर श्रेष्ठ पक्राउ


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका – ७ चाबहिल बस्ने सोही महानगरपालिका–२९ घर भएका ५६ वर्षीय सुरेन्द्र बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगपालिका – ७ चाबहिलबाट पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।