निलगंगा हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, पुस १२ गते साधारण सभा बस्ने


काठमाडौं – निलगंगा हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव अघि सारेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले आगामी पुस १२ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको हो। सभामा काठमाडौं महानगरपालिका–३२ मा दिउँसो २ बजे बस्नेछन्। सभामा आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव मुख्य कार्यसूचीका रूपमा पेस हुनेछ।

कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङलगायत सम्बन्धित निकायबाट आवश्यक अनुमति तथा स्वीकृति लिने प्रस्ताव सभामा पेस गर्नेछ।

त्यस्तै, निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने र शेयर सूचीकरण तथा अभौतिकीकरणसम्बन्धी प्रक्रिया अघि बढाउने प्रस्ताव पनि रहेको छ। यी सबै प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई आवश्यक अख्तियारी दिने प्रस्तावसमेत सभामा पेस हुनेछ।